ओलम्पिकमा एलेक्सले सुधारे राष्ट्रिय कीर्तिमान
काठमाडौं, ; साउन १२ : नेपाली खेलाडी एलेक्स शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुँदै राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।टोकियोस्थित एक्वाटिक्स सेन्टरमा सम्पन्न पुरुष...
काठमाडौं, ; साउन १२ : नेपाली खेलाडी एलेक्स शाहले ओलम्पिकमा पौडीतर्फ आफ्नो हिटमा पहिलो हुँदै राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
टोकियोस्थित एक्वाटिक्स सेन्टरमा सम्पन्न पुरुष सय मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५३.४१ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय किर्तिमानमा सुधार गरे।
यसअघि एलेक्सको ५५.३८ को कीर्तिमान थियो। उनी आफ्नो हिटमा पहिलो भए। एलेक्स पौडिएको हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी थिए। उनी लेन नम्बर ६ मा पौडिए।
पुरुष १०० मिटर फ्रिस्टाइलमा ७२ खेलाडीबाट १६ जना मात्र सेमिफाइनलमा पुग्नेछन्।
प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











