Kathmandu Press

काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १२ : काठमाडौं उपत्यकामा ७७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंमा ४७५ जना, ललितपुरमा...
काठमाडौं उपत्यकामा थप ७७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १२ : काठमाडौं उपत्यकामा ७७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंमा ४७५ जना, ललितपुरमा १६७ जना र भक्तपुरमा १३२ जना संक्रमित थपिएका छन् । 

अहिले काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:२७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्