Kathmandu Press

थपिए ३८९९ संक्रमित, १७७८ जना संक्रमणमुक्त, २० को मृत्यु 

सोही अवधिमा १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख ४७  हजार ७९ पुगेको मन्त्रालयले जनाएको छ।
थपिए ३८९९ संक्रमित, १७७८ जना संक्रमणमुक्त, २० को मृत्यु 

काठमाडौं, साउन १२ : पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा गरी १२ हजार ६ सय ५५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको र त्यसको परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

देशभरका विभिन्न ठाउँमा ४ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। 

सोही अवधिमा १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख ४७  हजार ७९ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। थपिएकोसहित नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ। 

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्