Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

बुटवल, साउन १२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन्। कानुनी रुपमा एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

बुटवल, साउन १२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन्। कानुनी रुपमा एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।

मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने बताए ।

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए। 

सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थन सरकारलाई रहेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै छन्।

प्रकाशित मिति: १५:५१ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्