Kathmandu Press

जसपा संसदीय दलको विधान पारित, नेता चुन्न समिति गठन

काठमाडौं, साउन १२ : जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ। पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले संसदीय...
जसपा संसदीय दलको विधान पारित, नेता चुन्न समिति गठन

काठमाडौं, साउन १२ : जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ। 

पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले संसदीय दलको नेता चुन्न नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ। 

सो समितिमा सदस्यहरु सदस्यहरू रमेश यादव र सुशीला श्रेष्ठ रहेको जसपा नेता मोहम्मद इस्तियाक रायीले जानकारी दिए।

निर्वाचन आयोग र अदालतका मुद्दामामिला हेर्न प्रकाश अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरिएको पनि उनले बताए। 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्