पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। महराले संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती...
काठमाडौं, साउन १२ : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्। महराले संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा चलेको मुद्दामा उच्च अदालतबाट सफाइ पाएका हुन् ।
उच्च अदालत पाटनका अनुसार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले मंगलबार मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको हो।
तत्कालीन प्रतिनिधिसभाको सभामुख रहेको बेला संसद सचिवालयकै एक महिला कर्मचारीले जबरजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला अदालत काठमाडौंमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा महरा पक्राउ परेका थिए।
जबरजस्ती करणी आरोप लागेपछि महराले २०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।
त्यसपछि उनलाई प्रहरीले असोज १९ मा सरकारी निवासबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो। उक्त मुद्दामा महरा ५ महिनासम्म डिल्ली बजार कारागारमा पनि थुनिएका थिए। तर २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उनी कारागार मुक्त भएका थिए।











