आयोजना अलपत्र पार्ने पाँच ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं, असार २३ : आयोजनालाई अलपत्र पार्ने पाँच ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले पाँच ठेक....

काठमाडौं, असार २३ : आयोजनालाई अलपत्र पार्ने पाँच ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।
आयोजनाको ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरीय काम गर्न नसकेको भन्दै अनुगमन कार्यालयले सोमबार कालोसूची सार्वजनिक गरेको हो। कार्यालयको हिजो बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो।
कार्यालयले श्री लोहनी एण्ड ब्रदर रथोदुङगर सुरुची जेभी, लोकवीर एण्ड बेतालीर नेपाल र प्रगति जेभी बुद्धनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। श्री द कञ्चनजङ्घा/लामा विल्डर्स जेभी बौद्धलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
श्री थोदुङ्ग/ अजम्बर/ शिवराम जेभीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। जिएम कन्स्ट्रक्सन प्रालि गोगंबुलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका निर्माण व्यवसायीहरुले राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।











