Kathmandu Press

‘व्यवसायीलाई सांसद र मन्त्री बन्न संविधानले रोकेको छैन’

काठमाडौं, साउन १२ : कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको र तिनै सांसद मन्त्री बन्दा टीकाटिप्पणी हुनु गलत भएको बताएका छन्।व्यवसायीसमेत...
‘व्यवसायीलाई सांसद र मन्त्री बन्न संविधानले रोकेको छैन’

काठमाडौं, साउन १२ : कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधानले व्यवसायीलाई सांसद बन्न दिएको र तिनै सांसद मन्त्री बन्दा टीकाटिप्पणी हुनु गलत भएको बताएका छन्।

व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्तिपछि भइरहेको आलोचनाको खण्डन गर्दै उनले व्यवसायीहरू सांसद बन्न पाउने अधिकार संविधानमै रहेको तर मन्त्री बन्न पाउने कि नपाउने भनी कानुन बनाउन उनले संसदसमक्ष माग राखे।

‘संविधानले व्यवसायीलाई सांसद बन्न त दिएको छ। अहिले व्यवसायी मन्त्री बनेपछि टीकाटिप्पणी भइरहेका छन्। को मन्त्री बन्न पाउँछ को बन्न सक्दैन भन्ने कानुन र नियम बनोस्,’ उनले भने।

संसद बैठकमा उपस्थित कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि ध्यानाकर्षण गराउँदै व्यवसायीले मन्त्री बन्न पाउने कि नपाउने भनी कानुन बनाउनुपर्ने बताए।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्