Kathmandu Press

अघिल्लोकाे जस्तो गल्ती यो सरकारबाट नहोस् : गगन थापा

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका सांसद गगन थापाले अहिलेको सरकारले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरु भएको बताएका छन्।आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै...
अघिल्लोकाे जस्तो गल्ती यो सरकारबाट नहोस् : गगन थापा

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका सांसद गगन थापाले अहिलेको सरकारले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरु भएको बताएका छन्।

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नयाँ अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षा रहेको उल्लेख गरे।

विधि नमान्दा यसअघिको केपी ओली सरकारले बालुवाटारबाट बाहिरिनुपरेको दृष्टान्त दिँदै उनले त्यस्तो गल्ती दोहोर्‍याउने छुट वर्तमान सरकारलाई नभएको स्पष्ट पारे। 

‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार,’ थापाले भने।

उनले भने, ‘नयाँ सरकारलाई यस्तो कुनै कुरा पनि गर्ने छुट छैन। यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ । संसद्लाई न बेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ न त छल्न।’

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्