Kathmandu Press

मेचीनगरमा बुधबारदेखि लकडाउन गर्ने निर्णय

मेचीनगरमा बुधबारदेखि लकडाउन गर्ने निर्णय

झापा, साउन १२ : मेचीनगर नगरपालिका क्षेत्रमा बुधबार राति १२ बजेदेखि कडा लकडाउन गरिने भएको छ। कार्यवाहक नगरप्रमुख मीना पोखरेल उप्रेतीले साना सवारी र खाद्यान्न पसल पनि बन्द गर्नुपर्ने अवस्था रहेको जानकारी दिइन्। 

यसअघि झापाको दमक, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधाराको शनिश्चरे बजार, बुद्धशान्ति गाउँपालिका लगायतका क्षेत्रमध्ये केही बन्द भइसकेका छन् भने केही आज राति र भोलि रातिदेखि बन्द हुनेछन्। 

मेचीनगरस्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले आजदेखि  १५ गतेसम्म कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यलाई व्यवस्थित बनाउने कामका लागि साथ सहयोग गर्न सबैसँग आग्रह गरेको छ। 

मेचीनगर स्तरीय कोभिड १९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिका सह संयोजक पोखरेलको अध्यक्षतामा हिजो सोमबार बसेको बैठकले  साउन १२ र १३ गते ५५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने तय भएकाले उनीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थासम्म पठाउन पनि आग्रह गरेको छ। 

उपप्रमुख उप्रेतीका अनुसार साउन १४ र १५ गते शिक्षक, कर्मचारी, प्राध्यापकहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु, अत्यावश्यक  सेवामा कार्यरत व्यक्तिहरु र विदेश जान भिषा लागेका व्यक्तिहरु, पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाईनमा काम गर्ने कामदारहरु, फ्रन्टलाईनमा काम गर्ने यसअघि छुट भएका स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीहरु, भन्सार एजेन्ट, निर्माण व्यवसायी, बैकिङ सेवाको क्यास काउण्टरमा काम गर्ने कर्मचारी र सुरक्षा गार्डलाई खोप लगानेछ।

बैठकले कक्षा ११ को परीक्षालाई निरन्तरता दिन पनि सुझाव दिएको छ।

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्