Kathmandu Press

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज (मंगलबार) आफ्नो प्रतिवेदन बुझाएको छ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास...
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज (मंगलबार) आफ्नो प्रतिवेदन बुझाएको छ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भइरहेको पदाधिकारी बैठकमा उक्त प्रतिवेदन बुझाइएको हो।

सभापित देउवाले समितिबाट प्रतिवेदन ग्रहण गरेका थिए। उनलाइ मितिका संयोजक रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदनमा उल्लेख भएअनुसार कांग्रेसको १४औं महाधिवेशनका लागि ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य टुंगो लागेको छ।

४ लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो। ४ लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील रहेको वितरण प्रतिवेदनमा उल्लेख छ।

केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अझै टुंगो लाग्न बाँकी छ। त्यसको  टुंगो लाग्दा क्रियाशील सदस्यको अझै एक लाखजति थपिने बताइएको छ।

क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेकामा दुई किसमका छन्। १५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी केही नाममा समिति नै टुंगोमा पुगेको छ। सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइने बताइएको छ।

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्