Kathmandu Press

आधिकारिकता पाएपछि यादवले बोलाए जसपाको बैठक

काठमाडौं, साउन १२ : निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।सोमबार निर्वाचन...
आधिकारिकता पाएपछि यादवले बोलाए जसपाको बैठक

काठमाडौं, साउन १२ : निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता प्रदान गरेको थियो। अध्यक्ष यादवले आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन्।

अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ। यससँगै अब सरकारमा सहभागिताका विषयमा पनि बैठकमा छलफल हुने जनाएको छ।

सोमबार आयोगको इजलासले केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गरेपछि यादव पक्षलाई आधिकारिकता दिएको थियो। यादवको पक्षमा ३४ कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरेका थिए।

त्यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए।

यादव पक्षलाई आधिकारिकता दिए पनि ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्न आयोगले अवसर दिएको छ। ठाकुर पक्षले अब नयाँ पार्टी खोल्न सक्नेछन्।

प्रकाशित मिति: ०८:४९ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्