Kathmandu Press

रवीन्द्र मिश्रको प्रस्तावमा आदिवासी जनजाति महासंघको विरोध

काठमाडौं, साउन १२ : संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गर्ने विवेकशील साझा पार्टी संयोजक रवीन्द्र मिश्रको प्रस्तावको नेपाल आदिवासी जनजाति महासंघले...
रवीन्द्र मिश्रको प्रस्तावमा आदिवासी जनजाति महासंघको विरोध

काठमाडौं, साउन १२ : संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गर्ने विवेकशील साझा पार्टी संयोजक रवीन्द्र मिश्रको प्रस्तावको नेपाल आदिवासी जनजाति महासंघले विरोध गरेको छ।

सोमबार विवेकशील साझा पार्टीका संयोजक मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेका थिए। त्यस प्रस्तावलाई महासंघले संविधान विरोधी भनेको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेको छ। अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ।

यसलाई महासंघले गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी प्रस्ताव भनेको छ। संयोजक मिश्रले संघीयतालाई बदनाम गर्ने दुस्कार्य गरेको महासंघको ठहर छ।

 

प्रकाशित मिति: ०८:२७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्