कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न...
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो। आज बिहान १० बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा आगामी १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ। आजको बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न सक्ने उनले बताए।
यसअघि शनिबार बसको बैठकले गाउँ तथा नगर वडा अधिवेशन स्थगित गरेको थियो। क्रियाशील सदस्यता छानविन पूरा नभएकाले वडा अधिवेशन स्थगित गरेको थियो।
आजको बैठकले त्यससम्बन्धी निर्णय गर्नसक्ने जनाइएको छ। यसअघि कांग्रेसको वडा अधिवेशन साउन १२ गते तोकिएको थियो।
यस्तै, कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले काम लगभग सकिएको जनाएको छ। आजै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउने समितिका सचिव केवश रिजालले बताए।
क्रियाशील सदस्यता छानविनका लागि असार ३० गतेसम्मको सयम दिइएको थियो। तर, विवाद भएपछि काम लम्बिएको हो।











