टोटनहमले भित्र्यायो सेभियाका युवा विंगर लिग
काठमाडौं, साउन ११ : इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक...
काठमाडौं, साउन ११ : इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक लामेला सेभिया पठायो भने २१.६ मिनियन युरो पनि तिर्यो ।
स्पेनको ओलम्पिक टिममा रहेका ब्रायनले टोटनहमसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म टोटनहममा रहेन छन्।
अघिल्लो सिजन गिलले लोनमा इबारबाट ला लिगा खेलेका थिए भने त्यसअघि लेगानेसबाट गोलमै खेलेका थिए । स्पेनिस टिमबाट पनि ३ खेल खेलिसकेका गिलले सेभियाबाट २१ खेल खेल्दै २ गोल गरेका छन् । उनले लेगानेसबाट १२ खेलमा १ गोल र इबारबाट २९ खेलमा ४ गोल गरेका छन्।
यस्तै, ८ सिजन टोटनहममा बिताएका लामेलाले सेभियासँग ३ वर्षको सझौता गरेका छन्। उनी सन् २०१३ मा इटालियन क्लब रोमाबाटमा कीर्तिमानी २५.८ मिलियन यरोमा टोटनहम आएका थिए। त्यो टोटनहमले त्यतिबेल कुनै पनि खेलाडीलाई तिरेको कीर्तिमान मूल्य थियो।
८ सिजन टोटनहममा बिताउँदा लामेलाले २३५ खेल खेल्दै ३७ गोल गरेका छन्। चोटले उनलाई अधिकांश सिजन सताएको थियो। उनले अर्जेन्टिनाबाट २५ खेल खेल्दै ३ गोल गरेका छन् । सन् २०१८ यता भने उनी राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन्।











