Kathmandu Press

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, साउन ११ : गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता  भएको छ।गृहमन्त्री खाँणलाई भेट्न आज (सोमबार) राजदूत...
गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, साउन ११ : गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता  भएको छ।

गृहमन्त्री खाँणलाई भेट्न आज (सोमबार) राजदूत बेरी मन्त्रालयमै पुगेका थिए। भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको जनाइएको छ।

मन्त्री खाँणलाइ बधाई दिँदै राजदूत बेरीले नेपाल-अमेरिका सम्बन्ध सुदृढ रहनेमा विश्वास व्यक्त गरे। उनले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने पनि बताए।

मन्त्री खाँणले पनि सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने रहेको बताएका थिए। कोरोना विरुद्धको लडाइँमा अमेरिकाले गरेको सहयोगप्रति उनले आभार पनि प्रकट गरे।

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्