Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने

काठमाडौं, साउन ११ : कांग्रेस पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने भएको छ।स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न र महाधिवेशनबारे थप निर्णय गर्न...
कांग्रेस पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने

काठमाडौं, साउन ११ : कांग्रेस पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने भएको छ।

स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न र महाधिवेशनबारे थप निर्णय गर्न बैठक बस्न लागेको बतायएको छ।  

गत शनिबार पनि पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले साउन १२ गतेका लागि तय भइसकेको वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो।

सोही बैठकले केन्द्रीय महाधिवेशनबाहेक अरू तहको अधिवेशन सार्ने निर्णय पनि गरेको थियो। तर कहिले कहिले गर्ने भन्ने विषय भने टुंगो लागिसकेको छैन।

मंगलबारको बैठकमा त्यसबारे निर्णय पनि हुन सक्ने आँकलन गरिएको छ।

केन्द्रीय क्रियाशील छानबिन समितिले पनि सभापति शेरबहादुर देउवासमक्ष आफ्नो प्रतिवेदन बुझाइसकेको छैन। सो समितिले मंगलबारसम्मको माग गरेको थियो। आफूले मागेकै समयअनुसार समितिले भोलिसम्ममा प्रतिवेदन बुझाउने सम्भावना छ।  

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्