सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बस्नेतलाई कांग्रेसले गरायो सचेत
काठमाडौं, साउन ११ : कांग्रेसले सिन्धुपाल्चोक–१ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय अनुशासन...
काठमाडौं, साउन ११ : कांग्रेसले सिन्धुपाल्चोक–१ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको आज (सोमबार) बसेको बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यस्थलमा साउन १ गते भएको घटनामा सम्बन्धित रहेको भन्दै उनलाई सचेत गराएको समिति सचिव प्रेम केसीले बताए।
क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गरेर कारबाही गर्न अनुशासन समितिलाई कांग्रेसले निर्देशन दिएको थियो।
सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्ने भन्दै आएको समूहले घिमिरेमाथि साउन १ कुटपिट गरेको थियो। सिन्धुपाल्चोक-१ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरुसँग स्पष्टीकरण लिई पार्टी विधान बमोजिम कारबाही टुंगो लगाउन कांग्रेसले निर्देशन दिएको थियो।
प्रकाशित मिति: १७:३९ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











