Kathmandu Press

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता (पत्रसहित)

संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ।
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता (पत्रसहित)

काठमाडौं, साउन ११ : संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपछि निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिने फैसला सुनाएको हो ।

यादवका पक्षमा ३४ र महन्थ ठाकुरका पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए । यादवको पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकाले आयोगले आधिकारिकता दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: १७:२० बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्