Kathmandu Press

उपत्यकामा थपिए ९९९ कोरोना संक्रमित

काठमाडौं, साउन ११ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा...
उपत्यकामा थपिए ९९९ कोरोना संक्रमित

काठमाडौं, साउन ११ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्।

त्यस्तै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ। त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय रहेका मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२१ जना संक्रमित थपिएका छन् भने संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ 

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्