Kathmandu Press

उत्पादनशील क्षेत्रमा लगानी बढाउनुस्: राष्ट्रपति भण्डारी

काठमाडौं, असार २३ : राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्।

राष्ट्रपति भ....

उत्पादनशील क्षेत्रमा लगानी बढाउनुस्: राष्ट्रपति भण्डारी

काठमाडौं, असार २३ : राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्वारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरिन्।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रिय कार्यालय भवनको सोमबार शिलान्यास गर्दै उनले वित्तीय संघ, संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तीय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले मुलुकको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताए।

राष्ट्रपति भण्डारीले शिलान्यास गरेको सो भवन अगाडि दुई तला र पछाडि चार तलाको हुनेछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत दुई अर्ब आठ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी भगर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए।

साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवन २०७८ साल भदौं महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।  भवनको निर्माण कम्पनी भने सिके समानान्तर जेभी रहेको छ।

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्