डा.केसीको जीवनरक्षाका लागि चिकित्सकहरु रिले अनसनमा
काठमाडौँ, माघ १४ : अनसनरत डा.गोविन्द केसीको समर्थनमा चिकित्सकहरु पनि रिल अनसनमा बसेका छन् ।
२० दिनदेखि अनसनरत डा.केसीलाई सरकारले वेवास्ता गर....

काठमाडौँ, माघ १४ : अनसनरत डा.गोविन्द केसीको समर्थनमा चिकित्सकहरु पनि रिल अनसनमा बसेका छन् ।
२० दिनदेखि अनसनरत डा.केसीलाई सरकारले वेवास्ता गरेपछि चिकित्सकहरु अनसन बस्न थालेका हुन् । आईतबार बिहान १० बजेदेखि नेपाल चिकित्सक संघको अगुवाइमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले अनसन थालेका हुन् ।
यस अघि संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । डा.केसीको जीवनरक्षाका लागि पहल गर्न संघले माघ १० सरकारलाई आग्रह गरेको थियो । सरकारले वास्ता नगरेपछि डा.केसीको जीवनरक्षाका लागि दवाव दिन अनसन बस्नु परेको चिकित्सक संघले जनाएको छ ।
बिहान १० बजेदेखि शुरु भएको चिकित्सकहरुको रिले अनसन साँझ ५ बजेसम्म रहने छ ।
यस अघि १५औं अनसनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा डा.केसीसँग सहमति भएको थियो । तर, त्यो सहमति विपरित सरकारले आईतबार प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।











