जसपा विवादमा सांसद चौधरी तटस्थ
जसपाको आधिकारिकता विवादमा सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य रेशमलाल चौधरी तटस्थ बसेका छन्।
काठमाडौं, साउन ११ : जसपाको आधिकारिकता विवादमा सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य रेशमलाल चौधरी तटस्थ बसेका छन्।
केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको ‘हेड काउन्ट’का लागि सोमबार डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफू तटस्थ बस्ने घोषणा गरेका हुन् ।
आफ्ना लागि पार्टी महत्त्वपूर्ण भएको बताउँदै उनले तटस्थ बस्ने निर्णय सुनाएका हुन् । ‘मेरा लागि पक्ष पनि जसपा, विपक्ष पनि जसपा,’ उनले भने, ‘मलाई न्याय चाहिएको छ ।’
कैलाली टीकापुरमा भएको नरसंहारका मुख्य योजनाकारका रूपमा आरोपित उनी हाल जेलमा छन् । जेलबाटै उनको मत लिने प्रयास आयोगले गरेको थियो । तर, उनले अस्वीकार गरेपछि आयोगमै ल्याइएको थियो ।
आयोगमा आएपछि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षसग भेटेपछि उनले तटस्थ बस्ने निर्णय गरेका हुन् ।
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











