Kathmandu Press

अफ्रिदीले काठमाडौं किंग्सबाट एभरेस्ट प्रिमियर लिग खेल्ने

अफ्रिदीले काठमाडौं किंग्सबाट एभरेस्ट प्रिमियर लिग खेल्ने

काठमाडौं, साउन ११ : ‘बुम बुम अफ्रिदी’ नामले परिचित विस्फोटक पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। पाकिस्तानी भेट्रान अलराउन्ड अफ्रिदीलाई काठमाडौं किंग्स ११ले अनुबन्धन गरेको छ।

काठमाडौं किंग्सले ४४ वर्षीय अफ्रिदीलाई सोमबार आफ्ना् आईकोनिक खेलाडीका रुपमा सर्वाजनिक गरेको छ। काठमाडौं किंग्स एक कार्यक्रम गर्दै अफ्रिदीलाई सार्वजनिक गरेको हो।

पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी–२० ल खेलेका छन्। विश्वका प्रायः सबै ठूलो फ्रेन्चाइज लिग खेलेका अफ्रिदीले पछिल्लो पटक २०२१ को पाकिस्तान सुपर लिग मुल्तान सुल्तानबाट खेलेका थिए। 

काठमाडौंले नेपालका लेगस्पिनर सन्दीप लामिछानेसँग पनि सम्झौता गरेको थियो। यस्तै टिममा दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेल पनि छन्। 

इपिएल आगामी असोजमा हुने बताइएको छ। असोज ९ देखि २३ सम्म संचालन गर्न नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुमति दिएको आयोजकको भनाइ छ।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्