कटुवा पेस्तोलसहित तीनजना पक्राउ
पर्सा, साउन ११ : वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट एक थान कटुवा पेस्तोलसहित तीनजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५...
पर्सा, साउन ११ : वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट एक थान कटुवा पेस्तोलसहित तीनजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकी पटेल र पोखरिया नगरपालिका-२ बस्ने २० वर्षीय विक्रान्ता पटेल छन्।
उक्त होटेलमा अनटेस्ट लेखेको मोटरसाइकल र प्रदेश २-०३-०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाइरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूउपर जिल्ला प्रहरी कार्यालय पर्साबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १३:३७ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)