साथीहरूले रातारात कित्ता परिवर्तन गरेः शरतसिंह भण्डारी
जसपा नेता शरतसिंह भण्डारीले आफ्नो पक्ष (ठाकुर–महतो)मा रहेका केही केन्द्रीय कार्यकारिणी सदस्यहरूले रातारात कित्ता परिवर्तन गरेको बताएका छन्।
काठमाडौं, साउन ११ : जसपा नेता शरतसिंह भण्डारीले आफ्नो पक्ष (ठाकुर–महतो)मा रहेका केही केन्द्रीय कार्यकारिणी सदस्यहरूले रातारात कित्ता परिवर्तन गरेको बताएका छन् ।
निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले आफ्नो पक्षका कार्यकारिणी समिति सदस्यहरू अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएको स्वीकारेका हुन् ।
‘हामीले अर्को पार्टी खडा गर्न खोजेको होइन, पार्टी विभाजन माग गरेको पनि होइन,’ उनको दाबी थियो, ‘बल निर्वाचन आयोगको कोर्टमा छ। आयोगले आधिकारिताबारे फैसला गरेपछि के निर्णय गर्छ, त्यसपछि के गर्ने भनेर निर्णय लिन्छौँ,’ भण्डारीले भने ।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











