जसपाका ३४ कार्यकारिणी सदस्य यादव पक्षमा, उनी भन्छन्- आत्मालोचना गरेर आए सबैलाई ठाउँ दिन्छौँ
जसपाका हालसम्म ३४ जना कार्यकारिणी समिति सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवतर्फ सनाखत गरेका छन्।
काठमाडौं, साउन ११ : जसपाका हालसम्म ३४ जना कार्यकारिणी समिति सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवतर्फ सनाखत गरेका छन् ।
निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले उक्त जानकारी दिएका हुन् । हालसम्म अध्यक्ष महन्थ ठाकुरको पक्षमा देखिँदै आएका अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन र गोविन्द चौधरीले यादवको पक्षमा सनाखत गरेका छन् । सांसद रेशमलाल चौधरी आयोगमा आउन पाए भने यादवको पक्षमा ३५ जना हुने छन् ।
अध्यक्ष यादले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ठाकुर–महतो पक्षले सार्वजनिक रूपमा आत्मालोचना गरेर आएमा पार्टीमा ठाउँ दिइने बताए ।
प्रकाशित मिति: १३:०३ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











