Kathmandu Press

‘हेड काउन्ट’ रोक्न ठाकुरले दिएको निवेदन निर्वाचन आयोगद्वारा अस्वीकृत

काठमाडौं, साउन ११ : आज जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको आज (सोमबार) निरुपण गर्दैछ।त्यसै प्रयोजनका लागि जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र...
‘हेड काउन्ट’ रोक्न ठाकुरले दिएको निवेदन निर्वाचन आयोगद्वारा अस्वीकृत

काठमाडौं, साउन ११ : आज जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको आज (सोमबार) निरुपण गर्दैछ।

त्यसै प्रयोजनका लागि जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र याद पक्षलाई आयोगले कार्यालयमा बोलाएको छ।

२०७५ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जसपा गठन हुँदा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय थियो। ती सबै सदस्यलाई नै ‘हेड काउन्ट’ गर्न आयोगले बोलाएको हो।

तर ठाकुर पक्षले ‘हेड काउन्ट’ रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिए पनि त्यसलाई इजलासबाट भएको निर्णयविपरीत भन्दै अस्वीकृत गरिएको छ। ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आज बिहान आयोगमा निवेदन दिएको थियो। 

यसअघि आयोगले ‘हेड काउन्ट’ निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालतमा रिट रिवेदन दायर गरेका थिए।

तर सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले  हिजो (आइतबार) उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले ठाकुरको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्