रेशम चौधरी हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोगमै आउने
चौधरी प्रतिनिधिसभाका निलम्बित सांसद हुन्। उनी हाल डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन्।
काठमाडौं, साउन ११ : आज जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको आज (सोमबार) निरुपण गर्दैछ।
त्यसै प्रयोजनका लागि जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र याद पक्षलाई आयोगले कार्यालयमा बोलाएको छ।
२०७७ वैशाख१० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जसपा गठन हुँदा रहेका ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई नै आयोगले बोलाएको हो।
जसपा केन्द्रीय कार्यकारिणी सदस्य रेमश चौधरी पनि सनाखतका लागि आयोगमै आउँदै छन्। यसअघि उनको हस्ताक्षर सनाखत जेलबाटै हुने बताइएको थियो।
चौधरी प्रतिनिधिसभाका निलम्बित सांसद हुन्। उनी हाल डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन्।
प्रकाशित मिति: १२:३४ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











