Kathmandu Press

निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु

५१ सदस्यीय कार्यकारीणि यादवको पक्षमा ३४ सदस्य रहेको केन्द्रीय सदस्य प्रमिला यादवले काठमाडौं प्रेसलाई बताइन् ।
निर्वाचन आयोगमा जसपाका नेताहरुको सनाखत सुरु
तस्बिर : सुष्मा बराली 

काठमाडौं, साउन ११ : निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ।

सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।५१ सदस्यीय कार्यकारीणि यादवको पक्षमा ३४ सदस्य रहेको केन्द्रीय सदस्य प्रमिला यादवले काठमाडौं प्रेसलाई बताइन् । उनले राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरी यादवको पक्षमा आएको बताइन् । यी तीनै नेता पहिला अध्यक्ष महन्थ ठाकुर पक्षमा थिए । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्