जसपा विवाद टुंग्याउन आयोगले आज 'हेडकाउन्ट' गर्दै
काठमाडौं, साउन ११ : जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समितिका सदस्यको 'हेडकाउन्ट' गर्ने भएको छ। आज आयोगले दुवै...
काठमाडौं, साउन ११ : जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन निर्वाचन आयोगले आज केन्द्रीय कार्यकारिणी समितिका सदस्यको 'हेडकाउन्ट' गर्ने भएको छ।
आज आयोगले दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको छ। उनीहरुलाई नागरिकतसहित उपस्थित हुन भनिएको छ।
आधिकारिकता दाबी गदैं अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै आयोगले अध्यक्षद्वयसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगमा बोलाएको हो।
जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ। जसमा यादव पक्षमा बहुमत रहेको छ। आफूसँग बहुमत रहेको भन्दै यादवले आधिकारिकता दाबी गरेका हुन्।
अर्का अध्यक्ष ठाकुरले पनि आफूसँग बहुमत रहेको दाबी गरेको छ। दुवै अध्यक्षले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।
आज आयोगले बोलाएपछि अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुगेका थिए। उनले यो प्रक्रिया रोक्न माग गरेका थिए।
तर, सर्वोच्च अदालतले आइतबार प्रक्रिया रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै आयोगलाई विवाद टुंग्याउने बाटो खुलेको हो।



