Kathmandu Press

सबै नेपालीलाई कोरोनाविरूद्ध खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १० : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएको बताएका छन्।राज्यमन्त्रीको सपथ...
सबै नेपालीलाई कोरोनाविरूद्ध खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १० : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरूद्ध सबै नेपालीलाई खोप लगाउने भएको बताएका छन्।

राज्यमन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले खोप व्यवस्थापन नै प्राथमिकतामा रहेको बताए। उनले नेपाल ल्याइसकिएका कोरोनाविरूद्धका खोप छिटो लगाउने र बाँकी खोप पनि सरकारले आयात गर्ने बताए।

यस्तै उनले सरकारी अस्पतालको व्यवस्थापन पक्ष राम्रो बनाउन पनि आफू लाग्ने उल्लेख गरे । 
 

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्