Kathmandu Press

ओलम्पिक पुरुष फुटबल : फ्रान्स, स्पेन, अर्जेन्टिना र जर्मनी विजयी, रोकियो ब्राजिल

काठमाडौं, साउन १० : जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुबटलअन्तर्गत आइतबार भएका खेल फ्रान्स, स्पेन, अर्जेन्टिना, जर्मनी र जापान विजयी हुँदा ब्राजिल बराबरीमा...
ओलम्पिक पुरुष फुटबल : फ्रान्स, स्पेन, अर्जेन्टिना र जर्मनी विजयी, रोकियो ब्राजिल

काठमाडौं, साउन १० : जापानको टोक्योमा जारी ओलम्पिकको पुरुष फुबटलअन्तर्गत आइतबार भएका खेल फ्रान्स, स्पेन, अर्जेन्टिना, जर्मनी र जापान विजयी हुँदा ब्राजिल बराबरीमा रोकिएको छ।

आइतबार भएको खेलमा फ्रान्सले दक्षिण अफ्रिकाले ४–३ ले, स्पेनले अस्ट्रेलियालाई १–० ले, अर्जेन्टिनाले इजिप्टलाई १–० ले, जर्मनीले साउदी अरबियालाई ३–२ले हराउँदा जापानले मेक्सिकोलाई २–१ले हरायो।

यस्तै, ब्राजिल आइभोरी कोस्टसँग गोलरहित बराबरीमा रोकियो । समूह ए मा पहिलो जित निकाल्ले क्रममा फ्रान्सले ४–१को जित निकाल्यो। रोमाञ्चक खेलमा फ्रान्सलाई जित दिलाउन गिग्नाक आन्द्रे पिएरले ह्याट्रिक गरे भने सावनिएर तजीले एक गोल गरे । यता, न्युजिल्यानडका मोकोइन टेबोहो, मागोपा इविडेन्स र कोडिसाङ कोबामेलोले गोल गरेका थिए।

यस्तै, समूह सीको खेलमा स्पेनलाई जित दिलाउन मिकेल ओयासाबेलले ८१औं मिनेटमा निर्णायक गोल गरे । इजिप्टविरुद्ध अर्जेन्टिनालाई जित दिलान ५२औं मिनेटमा फाकन्डो मिडानाले निर्णायक गोल गरे ।

यस्तै, जर्मनीलाई साउदीविरुद्ध जित दिलाउन फेलिक्स उड्खोइ, राग्नर अचे र नदीम अमिरीले गोल गरे भने साउदीका सामी अल्नाजीले दुवै गोल गरे। आयोजक जापानलाई मेक्सिकोविरुद्ध जित दिलाउन टाकेफुसा कुबो र रिट्सु डोनाले गोल गरे।

प्रकाशित मिति: १९:४६ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्