निर्वाचन आयोगले बोलाएपछि महन्थ ठाकुर पक्ष जुट्यो बैठकमा
काठमाडौं, साउन १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी छ ।निर्वाचन...
काठमाडौं, साउन १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी छ ।
निर्वाचन आयोगले सोमबार बिहान ११ बजे नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपिसहित कार्यकारिणी सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएपछि त्यस विषयमा छलफल गर्न बैठक बसेको हो । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने लगभग निश्चित भएपछि गत शुक्रबार महन्थ पक्षले सर्वोच्च अदालतमा रिट समेत दायर थिए।
आइतबार सार्वेच्च अदालतले रिटमा माग भए बमोजिम अन्तरिम आदेश दिन नपर्ने भन्दै अस्वीकार गरेको छ। महन्थ पक्षलाई अदालतले समेत साथ नदिएपछि जसपा आधिकारिकता उपेन्द्र पक्षले पाउने निश्चित भएको छ। जसपा ५१ जना कार्यकार्यकारिणी सदस्यमध्ये १८ जना मात्रै महन्थ पक्षमा छन्।
राजकिशोर यादव समेत बैठकमा सहभागी नभएकाले कार्यकारिणी सदस्य १८ जनामा झरेको हो। उता उपेन्द्र पक्षको कार्यकारिणी र सांसदहरुको बैठक गोदावरी रिर्सोटमा दिउँसो २ बजेदेखि जारी छ।











