Kathmandu Press

केन्द्रीय सुरक्षा समितिको बैठक : कोरोनाकाे सम्भावित तेस्रो लहर रोकथाममा जुट्ने निर्णय

काठमाडौं, साउन १० : गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा आज (आइतबार) बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले कोरोना महामारीको तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएको भन्दै...
केन्द्रीय सुरक्षा समितिको बैठक : कोरोनाकाे सम्भावित तेस्रो लहर रोकथाममा जुट्ने निर्णय

काठमाडौं, साउन १० : गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा आज (आइतबार) बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले कोरोना महामारीको तेस्रो लहर बढ्ने सम्भावना उच्च देखिएको भन्दै त्यसलाई रोकथाम तथा नियन्त्रणका लागि जुट्ने निर्णय गरेको छ।

गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायतको उपस्थितमा भएको बैठकपछि चारबुँदे निर्णय जारी गरिएको थियो।

कोरोना महामारीविरुद्ध जुट्नेसँगसँगै स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्नेसमेत निर्णयमा उल्लेख छ।  

बैठकले बाढीपहिरो र डुबानमा परेका समुदायलाई राहत र उद्धार तथा खाद्य सामग्री सहजीकरण गर्न हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ। 

पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ। 

प्रकाशित मिति: १८:५८ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्