Kathmandu Press

भाषा परीक्षा पास गरेका ८ हजार जान पाएनन् कोरिया

काठमाडौं, असार २३ : कामदारका रुपमा कोरिया जाने नेपाली युवको संख्या बढ्दै गएको छ। एक दशकयता ७० हजार युवा कोरिया पुगेका छन्। तर, भाषा परीक्षा पास गरेर प....

भाषा परीक्षा पास गरेका ८ हजार जान पाएनन् कोरिया

काठमाडौं, असार २३ : कामदारका रुपमा कोरिया जाने नेपाली युवको संख्या बढ्दै गएको छ। एक दशकयता ७० हजार युवा कोरिया पुगेका छन्। तर, भाषा परीक्षा पास गरेर पनि कतिपय युवाले कोरिया जान पाएका छैनन्।

कामदार लग्ने सम्झौता भएयता नेपाली युवका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न पुगेको छ। यो एक दशकको अवधिमा ७० हजार नेपाली युवा कोरिया पुगेका छन्। केही फर्किसकेका छन् भने केही अझै उतै छन्।

तर, सन् २००८ मा सम्झौता भएयता थुप्रै नेपाली युवाले कोरिया भाषा परीक्षा पास गरेपनि कामदारका रुपमा जान पाएका छैनन्। ईपीएस शाखाका अनुसार, यो सन् २००८ देखि २०१९ सम्म आठ हजार दुई सयभन्दा बढी नेपाली युवा भाषा परीक्षा उत्तीर्ण भएपनि कोरिया जान पाएका छैनन्।

चावहिलमा बस्दै आएका सोलुखुम्बुका राजेश पुरीले  कोरिया भाषा परीक्षा पास  गरेको दुई वर्ष पुग्न लाग्यो। आफ्नो अध्ययनलाई  थाँति राखेर एक वर्ष लगाएर  कोरिया पास गरेका पुरीसँगैका साथीहरु भने कोरियाबाट पैसा पठाउन थालिसकेका छन्।

त्यस्तै, नयाँ बानेश्वरमा बस्ने हिमाल चौधरीले पनि कोरिया भाषा पास गरेर पनि कोरिया जान नपाएको गुनासो गरे। पुरी र चौधरीजस्तै भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएका धेरैले पुनः परीक्षा पनि दिएका छन्। तर, त्यति गर्दा पनि जान पाएका छैनन्।

कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाउनको संख्या धेरै रहेको ईपीएस कार्यालयका सूचना अधिकारी शोभाकर भण्डारीको भनाइ छ।

ईपीएस शाखाका अनुसार, भाषा परीक्षामा मागभन्दा बढी पास हुने गरेका छन्। त्यस्तै, कोरियन सरकारले कुनै एक कम्पनीमा एक जना कामदार मागेपछि तीन जनालाई रोस्टरमा राख्ने गर्छ।

त्यसमध्ये सबैभन्दा सक्षम, सिप परीक्षणमा सफल, शारीरिक तथा मानसिक रुपमा सबल र रोजगार दातालाई मन परेको मात्रै छनोट हुने गरेको ईपीएस कार्यालयका सूचना अधिकारी भण्डारीले बताए।

 

प्रकाशित मिति: १२:०० बजे, सोमबार, असार २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्