स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लिए शपथ
काठमाडौं, साउन १० : स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री...
काठमाडौं, साउन १० : स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।
शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए।
प्रधानमन्त्री देउवाको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्री नियुक्त गरेकी थिइन्।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । आज एक राज्यमन्त्री थपिएपछि मन्त्रिमण्डल ६ सदस्यीय भएको छ।
प्रकाशित मिति: १८:१६ बजे, आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











