पार्टी एकतामा जोड दिनुपर्ने नेपाल समूहको निष्कर्ष
काठमाडौं, साउन १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ। स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन दबाब दिएपछि नेता नेपालले...
काठमाडौं, साउन १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ।
स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन दबाब दिएपछि नेता नेपालले आज (आइतबार) बैठक बोलाएका थिए।
पछिल्लो समय नेता नेपालसँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष भीम रावल पनि बैठकमा सहभागी भएकाे बताइएकाे छ।
बुद्धनगरमा बसेको बैठकले पार्टी एकतालाई नै जोड दिने निष्कर्ष निकालेको एक नेताले बताएका छन्।
बैठकमा बोल्ने अधिकांश नेताले पार्टी एकतामा जोड दिनुपर्ने धारणा राखेकाले त्यस्तो निष्कर्ष निकालिएको उनको भनाइ छ।
बैठक भोलि (सोमबार) फेरि बस्ने र बोल्न बाँकी नेताले आफ्नो अभिमत राख्ने बताइएको छ।
प्रकाशित मिति: १८:१० बजे, आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











