वायुसेवा निगमको निजीकरणसम्बन्धी कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश
काठमाडौं, साउन १० : सर्वोच्च अदालतले वायुसेवा निगमको निजीकरणसम्बन्धी कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज (आइतबार) यस्तो आदेश...
काठमाडौं, साउन १० : सर्वोच्च अदालतले वायुसेवा निगमको निजीकरणसम्बन्धी कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज (आइतबार) यस्तो आदेश जारी गरेको हो। अधिवक्ता आतिस कार्कीले वायुसेवा निगमको निजीकरण रोक्न अन्तरिम आदेशको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश जारी गरिएकोे हो।
‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नू, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी प्रत्यार्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
इजलासले दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएको भन्दै साउन २५ गते अन्तरिम आदेश छलफलको पेसी तोकी उपस्थित हुन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ग) बमोजिम प्रत्यार्थीहरुलाई जानकारी गराउन पनि आदेश दिएको छ।












