Kathmandu Press

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त, शपथ आजै

काठमाडौं, साउन १० : सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी...
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त, शपथ आजै

काठमाडौं, साउन १० : सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफूसँगै रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा ७६ (९) अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार आफैं सम्हाल्ने गरी राज्यमन्त्रीमा श्रेष्ठलाई तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठलाई आजै (आइतबार) साँझ ५ बजे शपथ खुवाउने भएका छन्।

शपथ ग्हण कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:२५ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्