पूरा खोप लगाएको दुई साता कटाएर कतार जानेले क्वारेन्टाइन बस्नुनपर्ने
काठमाडौं, साउन १० : कतार सरकारले आफ्नो मुलुक प्रवेश गर्नेका लागि नयाँ नियम बनाएको छ।नयाँ नियमअनुसार कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको दुई सातापछि...
काठमाडौं, साउन १० : कतार सरकारले आफ्नो मुलुक प्रवेश गर्नेका लागि नयाँ नियम बनाएको छ।
नयाँ नियमअनुसार कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको दुई सातापछि कतार प्रवेश गर्नेले क्वारेन्टिन बस्नुनपर्ने भएको । तर त्यस्ता व्यक्तिले खोपको मात्रा पूरा गरेको प्रमाणसहित कोरोना नेगेटिभ आएको ७२ घन्टाभित्रको रिपार्ट भने पेस गर्नुपर्नेछ।
कतारस्थित नेपाली दूतावास दिएको जानकारीअनुसार कतारले फाइजर, बायोटेक, मोर्डेना, अस्ट्राजेनिका (कोभिसिल्ड र अक्सफोर्ड) र जोन्सन एन्ड जोन्सनको खोप लगाएकालाई मात्र यो नियम लागु हुनेछ।
सिनोफर्मकाे खोप लगाएकाहरुको भने एन्टीबडी परीक्षण गरिने जनाइएको छ। कोरोना संक्रमण भई निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नुनपर्ने जनाइएको छ।
खोपको मात्रा पूरा गरेर १४ दिन पूरा नभएका, खोपको मात्रा पुरा नगरेका र खोप लाउँदै नलाएका यात्रुले पनि कतार प्रवेश त पाउने तर डिस्कोभर कतार वेबसाइटमा बुकिङ गरि अनिवार्य पमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्ने बताइउको छ ।
कतारमा यात्राभन्दा १२ घण्टाअघि वेबसाइटमा अनलाइनका माध्यमबाट प्रि–रजिस्ट्रेसन गरी आवश्यक कागजात अपलोड गरेपछि पाइने ट्राभल परमिटसमेत साथमै बोक्नुपर्ने व्यवस्था गरिएको छ।











