Kathmandu Press

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, माघ १४ : नेपाली कांग्रेसका सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाबाट पा....

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, माघ १४ : नेपाली कांग्रेसका सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यतालिका रहेको थियो । तर, कांग्रेस सांसद्ले विरोध जनाएपछि १५ मिनेटका बैठक स्थगित गरिएको थियो ।

दोस्रो पटक शुरु हुँदा पनि कांग्रेस सांसदले अवरोध जारी राखे । जसले गर्दा पुनः आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

अनसनरत डा.गोविन्द केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक ल्याएपछि कांग्रेसले विरोध जनाउँदै आएको छ । प्रतिनिधि सभामा पनि कांग्रेसका विरोधबीच विधेयक पारित गरिएको थियो । 

प्रकाशित मिति: १२:११ बजे, सोमबार, माघ १४, २०७५