Kathmandu Press

पुनर्जीवित सांसदले प्रतिनिधिसभालाई प्रभावकारी बनाउनुपर्छ : नेपाल

काठमाडौं, साउन १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भएकोमा बधाई दिँदै सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्। उनले अब प्रतिनिधिसभालाई...
पुनर्जीवित सांसदले प्रतिनिधिसभालाई प्रभावकारी बनाउनुपर्छ : नेपाल

काठमाडौं, साउन १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भएकोमा बधाई दिँदै सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन्। उनले अब प्रतिनिधिसभालाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड पनि दिएका छन्।

आज (आइतबार) संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै उनले संसद पुनःस्थापनाका कारण सबैको भेट भएको भन्दै खुसी पनि व्यक्त गरे। प्रतिनिधिसभा पुनःस्थापनापछि सो समितिको आज पहिलो बैठक बसेको हो।

‘आमी पुनर्जीवित भएका छौं, हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षमा सफल भयौं र यसरी भेट गर्न पायौं,’ नेता नेपालले भने, ‘नत्र हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँगाउँमा जानुपर्ने अवस्था आउँथ्यो, त्यो अवस्था हामीले आउन दिएनौं।’ 

उनले नयाँ सरकारले हिजोको सरकारका नराम्रा कुराबाट पाठ सिकेर अघि बढ्नुपर्ने पनि बताए। उनले आवश्यकताअनुसार परराष्ट्र नीति बदल्नुपर्नेमा जोड दिए।

उनले समितिको बैठकलाई प्रभावकारी र नियमित बनाउन र विषय विज्ञसँग आवश्यक छलफल गर्न सांसदहरूलाई आग्रह गरे।

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्