फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा
काठमाडौं, साउन १० : नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रहँदै आएका अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिने घोषणा...
काठमाडौं, साउन १० : नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रहँदै आएका अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।
उनले फेसबुकमा ‘डियर नेपाली फ्यान्स’ सम्बोधन गरेर एन्फा (अखिल नेपाल फुटबल संघ) मा राजीनामाका लागि जान लागेको बताएका छन्। आफूले राजीनामा दिन लाग्नुको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष रहेको उनले बताएका छन्।
पछिल्ला तीन सातादेखि हरेक दिन वरिष्ठ उपाध्यक्षले ‘नाटक’ गर्दै आएको टिप्पणी उनले गरेका छन्। अन्तिममा उनले अब पंकज नेम्वाङ खुसी हुनेछन् भनी टिप्पणीसमेत गरेका छन्।
प्रकाशित मिति: १२:५४ बजे, आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











