Kathmandu Press

उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, साउन १० : पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाको समयावधि आज राति १२ बजेदेखि सकिँदैछ।निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका...
उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं, साउन १० : पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञाको समयावधि आज राति १२ बजेदेखि सकिँदैछ।

निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर तीव्र बढ्न थालेपछि केहि कडा गरि निषेधाज्ञा थप गर्न लागिएको हो।

सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। केही दिनअघिसम्म २० प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर अहिले २५ प्रतिशत नाघेको छ। 

पछिल्लो समय रेस्टुरेन्ट तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ। लामोदूरीका यातायातका साधन सञ्चालनमा आएको, त्रिविले रोकिएका परीक्षा लिन थालेको छ। त्यसैले स्वास्थ्य मापदण्ड कडाइ गर्दै निषेधाज्ञा पुनः एक साता थप गरिने स्रोतले बताएको छ।

प्रकाशित मिति: १२:१४ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्