Kathmandu Press

कस्तुरीको बिना कारोवारमा प्रहरी हवल्दारसहित ६ पक्राउ

काठमाडौं, असार २३ : कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा एक जना प्रहरी हवल्दारसहित ६ जना पक्राउ परेका छन्।

हिजो साँझ प्रहरीको टोलीले....

कस्तुरीको बिना कारोवारमा प्रहरी हवल्दारसहित ६ पक्राउ

काठमाडौं, असार २३ : कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा एक जना प्रहरी हवल्दारसहित ६ जना पक्राउ परेका छन्।

हिजो साँझ प्रहरीको टोलीले काठमाडौंबाटै उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट कस्तुरीको बिना पनि बरामद गरिएको महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले बताए।

कस्तुरीको बिनाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका हुन्। अन्य पाँच जनाको नाम सार्वजनिक गरिएको छैन।

आज दिउसो पत्रकार सम्मेनल गरेर विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:३१ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्