Kathmandu Press

कोरोनाले रोकिएको स्नातकको परीक्षा आजबाट शुरु

काठमाडौं, साउन १० : कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको आजबाट शुरु भएको छ।कोरोना महामारीका कारण स्नातक तह...
कोरोनाले रोकिएको स्नातकको परीक्षा आजबाट शुरु

काठमाडौं, साउन १० : कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको आजबाट शुरु भएको छ।

कोरोना महामारीका कारण स्नातक तह पहिलो वर्षको परीक्षा दुई वर्षदेखि हुन सकेको थिए। दुई वर्षपछि परीक्षा सञ्चालन भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

आजबाट देशभर परीक्षा सञ्चालन भएको हो। बिहान ७ बजेदेखि परीक्षा शुरु भएको उनले बताए।

यस पटक त्रिविले विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न दिएको छ। काठमाडौंमा अध्ययन गरेका विद्यार्थीले आफ्नो घर नजिकको परीक्षा केन्द्रमा परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ। परीक्षा हलमा मास्क अनिवार्य गरिएको छ भने स्यानिटाइजरको व्यवस्था गरिएको छ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको थियो। त्यसपछि त्रिविले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको हो।

प्रकाशित मिति: ०८:२९ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्