Kathmandu Press

प्रभावकारी ढंगले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

काठमाडौं, साउन १० : पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ।प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको...
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

काठमाडौं, साउन १० : पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ।

प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

यसअघि माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो। त्यसपछि गठबन्धनको बैठक बालुवाटारमा बसेको हो।

प्रकाशित मिति: ०६:०६ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्