Kathmandu Press

टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया पहिलो चरणबाटै बाहिरिइन

काठमाडौं, साउन ९ : नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।शनिबार बिहान भएको ४८ केजी तौल समूहमा रसियाकी इरिना...
टोकियो ओलम्पिकमा जुडो खेलाडी सोनिया पहिलो चरणबाटै बाहिरिइन

काठमाडौं, साउन ९ : नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।

शनिबार बिहान भएको ४८ केजी तौल समूहमा रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी छिन्। इरिनाले सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी हुन्।

Hardik ivf

यसअघि नेपालकी खेलाडी कल्पना परियारले सुटिङले महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान कामय गरे पनि अर्को चरणमा भने प्रवेश गर्न सकिनन्।

अब नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला एक सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित मिति: ०८:४९ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्