Kathmandu Press

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागको छ।आज बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागको छ।

आज बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ।

Hardik ivf

आजको बैठकमा पनि आगामी १४औं महाधिवेशनको कार्यतालिकामाथि छलफल हुने जनाइएको छ। शुक्रबारको बैठकमा पनि महाधिवेशनको कार्यतालिकामाथि छलफल भएको थियो।

शुक्रबारको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदनमाथि आज छलफल हुने भएको छ।

अझै केही जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन। त्यस विषयमा पनि आजको बैठकमा छलफल हुने डा. महतले जानकारी दिए।

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ। त्यसअघि गाउँ÷नगर वडा अधिवेशन साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने तय गरिएको छ।

त्यस्तै, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते तोकिएको छ।

प्रकाशित मिति: ०८:३९ बजे, शनिबार, साउन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्